Bhanjyanko Dilmaa Basi - Kiran Pradhan
भञ्याङको डिलमा बसी - किरण प्रधान
Recorded live during 'Paleti with Kiran Pradhan - September 2011'
Lyrics
Nepali
Transliterated

भञ्जाङको डिलमा बसी तिम्रो बाटो हेर्छु म त
कतै केही माग्न पाए तिमीलाई नै माग्छु म त

नजरको इशाराले डाकूँ भने तिमी टाडा
यसै छोडी फकौं भने सम्झाना छ गाडा गाडा
बिर्सु भनी आँखा चिम्ले सपनीमा आउछ्यौ
साथ राखी चुम्न खोजे विपनीमा छैनौ
भञ्जाङको डिलमा बसी तिम्रो बाटो हेर्छु म त
कतै केही माग्न पाए तिमीलाई नै माग्छु म त

आँखा भरि मिलनको आशा जगाएर
मन भरि प्रणयको सपना सजाएर
तिम्लाई भनी हेर्न खोजें छेक्यो बादलले
तिमी काँहा पुगौं भन्थे रोक्यो पहाडले
भञ्जाङको डिलमा बसी तिम्रो बाटो हेर्छु म त
कतै केही माग्न पाए तिमीलाई नै माग्छु म त