Bholi Pheri - Aavaas
भोलि फेरि - आभास
Recorded live during 'Paleti with Aavaas: Paleti Series: Musical Journey of Aavaas - March 2019'

गायक: आभास
सङ्गीत: आभास
शब्द: भीष्म उप्रेती
Lyrics
Nepali
Transliterated

भोलि फेरि उज्यालो हुन्छ
घाम लाग्छ
चराहरूको प्वाँखमा बसेर
हाम्रा सपनाहरूले यात्रा गर्छन्

नानीहरू ब्यूँझन्छन्
अनि खेल्छन्
गीत गाउँछन्
जीवनको नदि फेरि पनि बग्छ
लयवद्ध भई
र बिसंगतीका फोहोरहरूलाई
बगाउँछ
भोलि फेरि उज्यालो हुन्छ