Bhool Ho Tero - Kiran Pradhan
भूल हो तेरो - किरण प्रधान
Recorded live during 'Paleti with Kiran Pradhan - September 2011'
Singer: Kiran Pradhan
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
Lyrics
Nepali
Transliterated

भूल हो तेरो भागी हिडनु जीवन देखि डराएर
यहाँ जिउनेहरुले सबथोक पाउछन्
मर्नेहरु सब फालिन्छ....

संसारसँगै तँ घुम्दै जा अनि
सारा संसार तेरै हो
उड्दै उड्दै उड्दै छुन सकिस् भने
जुन तारा सम्म तेरै हो
भूल हो तेरो अडान खोज्नु जीवन देखि थाकेर
यहाँ चड्नेहरु नै टाकुरा पुग्छन्
अड्नेहरु सब छाडिन्छ

हारहरुको जुत्ता लगाउ जितहरुको टोपी
आशाहरुको माला लगाउ
निराशाहरुलाई छोपी
भूल हो तेरो दया खोज्नुआँखाहरुलाई भिजाएर
यहाँ बडनेहरुले सबथोक पाउछन्
झूक्नेहरु सब नासिन्छ ...