भुइँकुहिरो उड्न थाल्यो गाउँबस्ती ढाकेर
कालो बादल डुल्न थाल्यो नीलो आकाश छेकेर
उड्दैछन् दिशाहीन भइ रङ्गी–चङ्गी प्वाँखहरु
सृजनाको आशभित्र तुवालोका छापहरु
बसन्तको बागभित्र हुण्डरीले कुल्चिदिन्छ
ओइलाउँछन् फूलहरु व्यथा कसले बुझिदिन्छ
प्रकृतिले आफ्नै घरमा भूकम्पको खेती लाउँछ
तर पनि सगरमाथा दृढ भइ उभिइरहन्छ