Bichhodko Pida - Suraj Kumar Thapa
बिछोडको पीडा - सुरज कुमार थापा
Recorded live during 'Paleti with Ratna Shamsher Thapa - June 2007'
Composer: Narayan Gopal
Original Singer: Narayan Gopal

सङ्गीत: नारायण गोपाल
मूल गायन: नारायण गोपाल
Lyrics
Nepali
Transliterated

विछोडको पीडा नसकी खप्न,दसैंको बेलामा
तिमीलाई भेट्न आउँदै छु फर्की,रमाइलो गाउँमा
डाँडा छ साछी, केहीदिन राति, निद छैन आँखामा
मनको कुरो बुझ्दैन कोही, पहाडी पाखामा

तिम्रै लागि चुरा धागो, मायाको चिनो लिएर
मीठा मीठा कुरा जति, मनमा साँचेर
डाँफे चरी झै म वेग मारी, झुल्कुला सामुमा
तिमीलाई भेट्न आउँदै छु फर्की, रमाइलो गाउँमा

दुःख पनि नासिएला, भाग्यमा घाम उदाए
सधै भरी सुखी हुला, दर्शन उनको पाए
लैजाऊला उन्लाई हात समाइ ईश्वरको मन्दिरमा
मनको कुरो बुझ्दैन कोही, पहाडी पाखामा