Birano Deshko Mato - Pratap Subba
बिरानो देशको माटो - प्रताप सुब्बा
Recorded live during 'Paleti with Pratap Subba - November 2008'
Singer: Pratap Subba
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
Lyrics
Nepali
Transliterated

बिरानो देशको माटोभरि छ
नेपाली नाम लेखेको
कहीँ भीर पाहडले छेकेको
कही पैतालाले टेकेको राजै पैतालाले टेकेको

सागर बीच उडेर डाँफे सेतो हिमाल खोज्दछ
मरुभूमीमा लालीगुराँस जब
चिसो बतास खोज्दछ
देख्नेहरूले चिन्दैन चिन्नेहरूले देख्दैन
कसले बुज्छ उसको पीर जब
आफ्नुहरूले बुज्दैना राजै आफ्नुहरूले बुज्दैन
बिरानो.....

हाम्रो रगतले अर्काको सीमानाको रेखा कोरिन्छ
शक्तिहरूको गुच्चा हाम्रो छातीभरि खेलिन्छ
गर्व गर है नेपाली वीरको छाती चिरिन्छ
एउटाले नाम लेखेर जान्छ
हजार को नाम पुरिन्छ राजै हजारको नाम पुरिन्छ