बिर्सेर गए पनि माया लिएर जाऊ
मेरो याद फेरि आउला पत्तो लिएर जाऊ
धेरै नगिजबाट मलाई हेरेकी छौ
धेरै दिन आँखाभित्र मलाई राखेकी छौ
पर्खुंला सधै सधै फिर्छौ भनेर कैले
फर्किनु गाह्रो होला बाटो बनाई जाऊ
मेरो याद फेरि आउला पत्तो लिएर जाऊ
मायाको सागर मैले तिमीभित्रै भरेको छु
आँखा टट्टाएसम्म तिमीलाई हेरेको छु
झझल्को लाग्छ होला तस्वीर लिएर जाऊ
तिम्रो मेरो बिदाईको चिनो लिएर जाऊ
मेरो याद फेरि आउला पत्तो लिएर जाऊ
बिर्सेर गए पनि..........