Birsi Jaane Nithuri - Daisy Baraili
बिर्सी जाने निठुरी - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - January 2006'
Singer: Daisy Baraili
Composer: Dev Kumar Dumi
Lyricist: Dev Kumar Dumi

सङ्गीत: देव कुमार दुमी
शब्द: देव कुमार दुमी
Lyrics
Nepali
Transliterated

बिर्सी जाने निठुरीलाई सम्झी नरुअ
निठुरीका कसमहरू सबै झुटो हुन्छ
आफ्नो भाग्य संगाल्नलाई साथी नखोज
साथ दिन्धु भन्नेहरू सबै पापी हुन्छन्
बिर्सी जाने

बिगार्नु त सबै कुरा साह्रै सजिलो छ
सुधार्नलाई एउटै कुरा धेरै गाह्रो पर्छ
जान्दाजान्दै भूल गरे रुँदै जिउनु पर्छ
आफ्नो भूलले अरुलाई पिर्न नखोज
हाँसो धेरै भए पनो रोदन एउटै हुन्छ
बिर्सी जाने

सबैलाई आफ्नो सम्झी दुख नपोखाऊ
तिम्रो भलाइ चाहने त खोजे पाइन्न है
संसारको रीत बोकी मान्छे बदलिएको
पराई जस्तो आफन्तलाई आफ्नो नसम्झ
धर्म बेच्ने निठुरीलाई विश्वास नगर है
बिर्सी जाने निठुरीलाई सम्झी नरुअ
निठुरीका कसमहरू सबै झुटो हुन्छ
आफ्नो भाग्य संगाल्नलाई साथी नखोज
साथ दिन्धु भन्नेहरू सबै पापी हुन्छन्
बिर्सी जाने