Birseauki Timile Kaso - Suraj Kumar Thapa
बिर्स्यौ कि तिमीले कसो - सुरज कुमार थापा
Recorded live during 'Paleti with Ratna Shamsher Thapa - June 2007'
Composer: Manik Ratna
Original Singer: Manik Ratna

सङ्गीत: मनिक रत्न
मूल गायन: मनिक रत्न
Lyrics
Nepali
Transliterated

बिर्स्यौ कि तिमीले कसो मेरो मनसित
देउरालीमा हाँसिखेली माया लाएको मीत गाएको गीत
बिर्स्यौ कि तिमीले कसो

आसैआसमा पर्खेर म कति यो मनमा पीर छिपाऊँ
सत्य तिम्रै सम्झनामा रुन्छ यो गाउँ
बिर्स्यौ कि तिमीले कसो

शरद बित्यो बादलले सन्देश केही ल्याएको होइन
शान्ति कतै जिन्दगीले पाएको छैन
बिर्स्यौ कि तिमीले कसो