Birsiyera Maile Pheri - Meera Rana
बिर्सिएर मैले फेरि - मीरा राणा
Recorded live during 'Paleti with Meera Rana - February 2010'
Singer: Meera Rana
Composer: Dibya Khaling
Lyricist: Dibya Khaling

सङ्गीत: दिब्य खालिङ
शब्द: दिब्य खालिङ
Lyrics
Nepali
Transliterated

बिर्सिएर मैले फेरि मायालुलाई सम्झिदिएँ
सम्झिएर कता कता आफुलाई नै बिर्सिदिएँ

रहरका छालहरू आँधी बनि उर्लिदिए
तुफान आई पिरतीका घरहरू भत्किगए
भत्केका ती साईनो जोडी मैले आफ्नो सम्झिदिएँ
जति सम्झेँ आफ्नै भनि आफैँलाई नै बिर्सिदिएँ
बिर्सिएर मैले फेरि

मिलनका साईनोहरू धेरै धेरै उम्रिदिए
बल्झिएर ब्यथाहरू ती सबै नै झरिगए
झरेका ती साइनो टिपी मैले माया सम्झिदिएँ
सम्झिएर मैले फेरि आफ्नै भन्न बिर्सिदिएँ