Biteka Mera Dinharu - Yogesh Vaidya
बितेका मेरा दिनहरु - योगेश वैद्य
Recorded live during 'Paleti with Yogesh Vaidya - March 2009'
Lyrics
Nepali
Transliterated
Translated

बितेका मेरा दिनहरु किस्सा बनिसकेछ
मेरा जिन्दगीका घाउहरु अब दाग बनिसकेछ

कसलाई दोष दिऊँ दोषी कोही त हैन
नियतिको सामु झुक्नै पर्दोरहेछ आखिर

सबै फूलमा बहार आउनै पर्छ भन्ने के छ
मानिसका सारा इच्छा पुग्नै पर्छ भन्ने के छ

हर युगमा प्रीति यहाँ तड्पेर रोइ मर्छ
हर युगमा दिलको बाजी हारैमा टुंंगिन्छ