Bola Bola Pakhaharu - Meena Niraula
बोल ! बोल ! पाखाहरू - मीना निरौला
Recorded live during 'Paleti with Dinesh Adhikari - August 2010'
Singer: Meena Niraula
Composer: Prakash Gurung
Lyricist: Dinesh Adhikari
Original Singer: Sukmit Gurung

मूल गायन: सुक्मित गुरुङ
Lyrics
Nepali
Transliterated
Translated

बोल ! बोल ! पाखाहरू
हिउँ फुल्ने काखहरू
किन होला हिजोआज
बाटो छेक्छन् आँखाहरू

बतासमा उडी जान पाए पनि हुन्थ्यो
बादलको घुम्टोभित्र लुक्न पाए हुन्थ्यो
आफू हुन्छु एकातिर, अन्तै जान्छ मन 
नौलो लाग्छ किन आज आफ्नै रनवन?

पैँचो मागूँजस्तो लाग्छ गुराँसको लाली
कहिलेदेखि आयो ममा लाज लाग्ने बानी ?
के हुन हो हिजो–आज झन्झनाउँछ तन
बितेछ कि भन साथी मेरो बालापन ?