Bola Machha Machhi - Aavaas
बोल माछा माछी - आभास
Recorded live during 'Paleti with Aavaas - October 2023'
Singer: Aavaas
Composer: Aavaas
Lyricist: Binod Vikram KC

गायक: आभास
सङ्गीत: आभास
शब्द: बिनोद विक्रम केसी
Lyrics
Nepali
Transliterated

बोल माछा-माछी
दु:ख-सुखका साछी
पौडी कता भाग्यौ शिर कि पुछारतिर
उड्यौ कि त चुपचाप साउदी कतारतिर

बल्छी उदास भा छ जालको दु:खी चाला
सुकी सिद्रा भए मेरा लालाबाला
ए असला र हिले
हरायौ नि कहिले
कहाँ गयौ गयौ नौलो संसारतिर
उड्यौ कि त चुपचाप साउदी कतारतिर

उनिन्छु कि आफैँ वेदनाको सिलमा
दयामाया छैन यो दुनियाँको दिलमा
ए कत्ले अनि काँडे
मान्छेले खोलै फाँडे
पूर्व छौ कि पश्चिम पार्नु पार्यौ पीर
उड्यौ कि त चुपचाप साउदी कतारतिर