Chhatimaa Lageko - Aavaas
छातीमा लागेको - आभास
Recorded live during 'Paleti with Aavaas: Paleti Series: Musical Journey of Aavaas - March 2019'
Singer: Aavaas
Composer: Aavaas
Lyricist: Shrawan Mukarung
Original Singer: Swaroop Raj Acharya

गायक: आभास
सङ्गीत: आभास
मूल गायन: स्वरुप राज आचार्य
गीतकार श्रवण मुकारुङले चलचित्रको कथामा आधारित रहेर लेखेको गीत हो 'छातीमा लागेको माटो' । भुटानी शरणार्थी समस्यामा आधारित तथा प्रकाश आङदेम्बेद्वारा निर्देशित चलचित्र 'देश खोज्दै जाँदा'को यस गीतलाई गायक स्वरुप आचार्यले स्वर दिएका छन् ।
Lyrics
Nepali
Transliterated

छातीमा लागेको माटो त आँसुले धोई पखाल्छु
मुटुमा लागेको माटोलाई कसरी मैले पखाल्नु
जन्मिदा लागेको माटो त मरेर भोलि पखाल्छु
नजन्मी लागेको माटोलाई कसरी मैले पखाल्नु

छातीमा लगेको माटोलाई कुनैदिन आकाशले पखाल्ला
पाऊमा लागेको माटोलाई बाटोको शीतले पखाल्ला
मनमा लागेको माटोलाई कसरी मैले पखाल्नु

सबैले भन्छन माटो त देश हो गरी खानेको
कुन देश बाँकी रह्यो र खोरिया फाँडी खानेको
पसिना सरीको माटोलाई कसरी मैले पखाल्नु