Chita Banaee - Tara Thapa
चिता बनाई - तारा थापा
Recorded live during 'Paleti with Tara Thapa - July 2011'
Singer: Tara Thapa
Lyricist: Dhananjaya Thapa

शब्द: धनन्जय थापा
Lyrics
Nepali
Transliterated

चिता बनाई जलाई नदेउ मुटु भरीका रहरहरू
घृणा गरेर लत्याई नदेउ मैले मागेका भिक्षाहरू

मागेको तिमी संग त्यो चोखो एक मुठी सिंदुर
पुजारी बन्न चाहेको रोजी त्यो तिम्रो मंदिर
धुलो ढानेर कुल्ची नदेउ मुटु भरीका रहरहरू
घृणा गरेर लत्याई नदेउ मैले मागेका भिक्षाहरू

पापी मन चाहना गर्छ चाहनु नै पाप हैन
राम्रो फुल टिप्न खोज्नु अभिषाप कुनै हैन
धागो संझेर छिनाई नदेउ मुटु भरीका रहरहरू
घृणा गरेर लत्याई नदेउ मैले मागेका भिक्षाहरू