दागबत्ती - भूषिता वशिष्ठ
Recorded live during 'Paleti with Bhushita Vasistha: Chhanda Retrospective - April 2019'

शब्द: भीमनिधि तिवारी
छन्द कवितालाई सांगीतिक रिदमका साथ प्रस्तुत गर्दा त्यसको प्रभावकारिता झनै आनन्ददायी हुने रैछ भन्ने कुरा भूषिताको प्रस्तुतिले अनुभूत गराउछ; साथै एक बखत आधुनिक कविताको छायामा परेर अस्ताउन खोजेको यो विधामा अहिले नयाँ पुस्ताका अनेकौं प्रतिभाहरू क्रियाशील भएको देख्न पाउनु अर्को रमाइलो हो । Panchachaamar Chhanda Written by Bhimnidhi Tiwari Recited by Bhushita Vasistha Music Directed by Aavaas
Lyrics
Nepali
Transliterated

म सात वर्षको थिएँ, अबोध बालकै थिएँ,
कुनै कुरा थिएन थाह, मस्त नींदमा थिएँ,
मलाइ घच्घच्याउंदै, उठाउँदै, ‘ल हिंड्, भने
अघोर मध्य रातमा धुरु धुरु रुँदै गएँ

यता लगे, उता लगे, कता कता कता लगे,
जता तता छ अन्धकार, अन्धकारमा लगे,
रुवाउँदै, फकाउदै, फुल्याउँदै लगे लगे
खुरुक्क आर्यघाटको महामसानमा लगे !

चिता थियो, प्रशस्त दाउरा बिछान झै थियो,
उ माथि एक लम्ब लाश लम्पसारमा थियो,

नसाहरु लुला भए, समस्त चेतना सुते,
सुषुप्त पूर्वजन्मका अनेक वेदना उठे

पहाडबाट रत्न झैं गर्भबाट निस्किएँ,
पिएर दूध तीन चार वर्षसम्म हुर्किएँ,
उही शरीरलाइ हाथ ! मै जलाउने भएँ ?
म खुम्चिएँ ! म आत्तिए ! म झस्किएँ ! म तर्सिएँ !

सबै जना बडा थिए, म सूक्ष्म कीट झैं थिएँ
न बोल्न सक्दथें त्यहाँ न जोड चल्दथ्यो त्यहाँ
बनाइ नग्न, मुण्ड औ दिए प्रदीप हातमा
त्यही लिएर घाटमा चिता वरीपरी घुमें

बतास सिर्सिराउँथ्यो, म चाहिं लुग्लुगाउँथें,
त्यहीं नजीक बाग्मती बहेर कुल्कुलाउँथिन्,

मसान-घाटमा यताउती जती जना थिए
कुनै त सुँक्क गर्दथ्य, कुनै त घुँक्क गर्दथ्य,

प्रवाह रक्तको उही र मांस, धर्म जो उही
आवाज, रुप यी उही र भावना सबै उही

म को थिएँ ! कहाँ थिएँ ! कठै !! अचेत झैं भए
तथापि दागदीप त्यो स्वयं दिनै पर्यो दिएँ