Dali Dali - Kunti Moktan
डाली डाली - कुन्ती मोक्तान
Recorded live during 'Paleti with Kunti Moktan and Shila Bahadur Moktan - December 2012'

शब्द: बुद्धवीर लामा
Lyrics
Nepali
Transliterated
Translated

लालीगुराँस अजम्बरी चाँप चमेली
जे भने नि हुन्छ हजुर म त नेपाली 
डालीडालीमा 
फुलिरहूँ लाग्छ नि दिलको बारीमा

सुनगाभा हो भीरमा पनि हाँस्न सक्छु नि 
नेपाली हुँ पीरमा पनि बाँच्न सक्छु नि 
मखमली सयपत्री बेली बाबरी 
जे भने नि हुन्छ हजुर म त नेपाली 
डालीडालीमा 
फुलिरहूँ लाग्छ नि दिलको बारीमा 

कमल हुँ म हिलोमा नि फुल्न सक्छु नि 
गुलाफ हुँ म काँडामा नि फुल्न सक्छु नि
लालुपाते गोदावरी चम्पा केशरी
जे भने नि हुन्छ हजुर म त नेपाली 
डालीडालीमा फुलिरहूँ लाग्छ नि दिलको बारीमा