Danda Kanda - Ashok Rai
डाँडा काँडा - अशोक राई
Recorded live during 'Paleti with Ashok Rai - August 2007'
Singer: Ashok Rai
Composer: Ashok Rai
Lyricist: Chandra Meet Laksham

गायक: अशोक राई
सङ्गीत: अशोक राई
शब्द: चन्द्रमीत लक्सम
Lyrics
Nepali
Transliterated

डाँडा काँडा कुल्ची आएँ,
मायाको बाजी हारेर ।

तिम्रो निम्ति वैशाखलाई पर्खेर मायालु
छात्तीभरी जिन्दगीको गीतहरू लेखें
आज अचानक मायाको यो होडबाजीमा
मैले गीत हारें, मायालु तिमीलाई नै हारें
साँझसितै मन उड़दा कहाँ तिमीलाई खोजें मायालु

तिम्रो निम्ति सात रंग चुमेर मायालु
आँखाभरी वैंशका धेरै सपना देखें
तर अचानक मायाको भरी बजारमा
मैले सपना हारें मायालु तिमीलाई नै हारें
घामसितै दिन ढल्दा यहाँ तिमीलाई खोजे मायालु

गीत - चन्द्रमीत लक्सम
स्वर सङ्गीत - अशोक राई,
गायक - कुमार सुब्बा
फिल्म - कहीं अँध्यारो कहीं उज्यालो