Danda Pari Hiu Parechha - Durga Kharel

डाँडापारी हिउँ परेछ - दुर्गा खरेल


सङ्गीत: अम्बर गुरुङ
शब्द: ईन्द्र थपलिया

Lyrics

डाँडा पारी हिउँ परेछ डाँडावारी पानी
एकै चरण गीत सुनिदेऊ दिलकी मेरी रानी

खहरे झै खहरिन्छ गीतको मेरो भाका
म त भन्छु आउन छेउ किन लाग्छौ पाखा

घाम र पानी लुकाचोरी जिन्दगीको बाटो
दुई घडीको साथ देऊ किन गर्छौ फाटो

मनमा मेरो वेदना छ मुखमा मेरो हाँसो
गए पनि राखिदेऊ है मेरो माया नासो

Transliterated

Dandapari hiu parechha