Dekhdina Khai - Suman Thapa, Aasha Rai
देख्दिनँ खै - सुमन थापा, आशा राई
Recorded live during 'Paleti with Suman Thapa: Songs of Vision - October 2019'

गायक: सुमन थापा, आशा राई
सङ्गीत: आभास
Lyrics
Nepali
Transliterated

-- केटी --
देख्दिनँ खै यो दुनिया
मैले हेर्नु कता
तिम्रो बोली सुन्छु जता
त्यतै हेर्छु म त

-- केटा --
मधुमास छ धरतीमा
तिमी जता हेर
तिम्ले पाइला राख्नेठाउँमा
म छु यतिखेर

-- केटी --
सत्य हो कि झुटो हो यो
कति मीठो बोली
यति सुने कुलकुल गर्दै
बगिरै'छ खोली

-- केटा --
तिम्रालागि ज्योति माग्न
चारै धाम धाएँ
तिमी आफैँ ज्योति रैछौ
म त फर्की आएँ

-- केटी --
दूरी हुन्छ साँचो प्रेममा
नआऊ यति छेउ
सँधै तिम्रो प्रार्थनामा
मलाई उभिन देऊ

-- केटा --
नरोक न बिन्ति मलाई
बेग बनी आ'छु
तिम्रो प्रेमको उज्यालोले
म पो अन्धो भा'छु