Dherai Barsa Pachhi - Aavaas, Meena Niraula
धेरै वर्षपछि - आभास, मीना निरौला
Recorded live during 'Paleti with Aavaas and Meena Niraula - August 2017'
Lyrics
Nepali
Transliterated

केटाः धेरै वर्षपछि तिमीलाई देख्दा
गाउँ सम्झे मैले
सत्ते धरोधर्म गाउँ सम्झे मैले

केटीः धेरै वर्षपछि तिमीलाई भेट्दा
देशै सम्झे मैले
सत्ते धरोधर्म देश सम्झे मैले

केटाः उनन्साठी सालमा सुङ्देल भन्ने गाउँमा
थाहै नपाई राती ठूलो पैह्रो गयो
तिम्रो रुपजस्तै ढकमक्क गाउँ
हेर्दा हेर्दै आखिर् खण्डहर भयो

केटीः सड्चालिस्को सन्धि सपना भो बन्दी
तिमी तीनतिर धोका दियौ तिम्ले
कता पर्‍यो टिस्टा कता भो काँगडा
यस्तो हेर्नुभन्दा आँखा चिम्लेँ मैले

केटाः पहिले त यो गाउँ यति सुन्दर थियो
गाउँको पनि यौवन ढल्दोकिंदो पो रैछ
माया हो कि दया तिमीलाई देख्दा
त्यसै त्यसै आँसु छल्दोकिंदो पो रैछ

केटीः पहिले त यो देश यति ठूलो थियो
देशको पनि सीमा खुम्चिंदो पो रैछ
प्रेम हो कि घृणा तिमीलाई भेट्दा
त्यसै त्यसै रगत उम्लिंदो पो रैछ