Dherai Najik - Prakash Gurung
धेरै नजिक - प्रकाश गुरुङ
Recorded live during 'Paleti with Prakash Gurung - October 2006'
Composer: Prakash Gurung
Lyricist: Krishna Joshi
Original Singer: Sukmit Gurung

शब्द: कृष्ण जोशी
मूल गायन: सुक्मित गुरुङ
संगीतकार प्रकाश गुरुङको धुन भर्ने शैली लय (टेम्पो) केन्द्रित हुन्छ । उहाँ गम्भीर भावलाई पनि रफ्तारमा व्यक्त गर्न सिपालु हुनुहुन्छ । गीतकार कृष्ण जोशीका शब्दलाई प्रकाश गुरुङले भरेको यो धुन त्यसको ज्वलन्त उदाहरण हो । सुनौं त उहिले सुकमित गुरुङले गाएको यो गीत प्रकाश गुरुङकै स्वरमा सुन्दा कस्तो सुनिन्छ !!!
Lyrics
Nepali
Transliterated

धेरै नजिक हुनु पर्दैन मान्छेलाई
टाढा घामले पनि पोल्न सक्छ
बोली रहन पर्दैन मुखले
आँखाले सब कुरा मनको भन्न सक्छ,
घामले पोल्न सक्छ

मान्छे सारै कमजोर हुन्छ, उसको मुटुमा तुरुन्त चोट लाग्न सक्छ
आगो र पानीले मात्र होइन मान्छेकै
तापले पनि बेहोश हुन सक्छ,
घामले पोल्न सक्छ

हेरेर होइन मान्छेले नदेख्दा पनि
आफू भित्र पाउन सक्छ
यहाँनै नपाई मान्छेलाई,
मुटु भित्र थुनेर पनि राख्न सक्छ,
घामले पोल्न सक्छ