Dilmaa Hajur Aaera - Meena Niraula
दिलमा हजूर आएर - मीना निरौला
Recorded live during 'Paleti with Ram Man 'Trishit' - July 2009'
Singer: Meena Niraula
Composer: Shiva Shankar
Original Singer: Tara Devi

सङ्गीत: शिव शंकर
मूल गायन: तारा देवी
Lyrics
Nepali
Transliterated
Translated

दिलमा हजूर आएर मात्रै मलाई थाहा भो
मेरो पनि जवानी आइसकेको रहेछ

मैलाई थाहा थिएन मेरो यो हेराइले
मोहनी लाग्छ अरूलाई मेरो कुरा गराइले
हजूरै नजिक भएर मात्रै मलाई थाहा भो
भरखरको जस्तो बचपन बितिसकेको रहेछ

पहिले म अहिलेजस्तै मुस्काउन जान्दिनथेँ
अरुले मलाई हेर्दा सर्माउन जान्दिनथेँ
माया हजूरको पाएर मात्रै मलाई थाहा भो
मेरो पुरानो बानी बदलिसकेको रहेछ