Dugur Dugur - Aavaas
दुगुर् दुगुर् - आभास
Recorded live during 'Paleti with Aavaas - October 2023'
Singer: Aavaas
Composer: Aavaas
Lyricist: Aavaas
Original Singer: Meena Niraula, Benuka Rai

गायक: आभास
सङ्गीत: आभास
शब्द: आभास
मूल गायन: मीना निरौला, बेनुका राई
Lyrics
Nepali
Transliterated

दुगुर् दुगुर् ए कुइरा
तेरो घरमा चोर पस्यो
माथि आकाश खुला छ
तँ किन आज भुइँ बस्यो

उसै त हाम्रो लेकमा
लाग्दैन कहिल्यै रापिलो घाम
तँ आउछ फेरि लुकी र छिपी
न्यानो घाम खोज्न कता जाम्

बारी छ भिरालो लेकमा
फापर फल्छ, फल्दैन धान
टाढा छ पुग्नु सुन् कुइरा
बाघले खाला त्यो तेरो कान

प्याङ् छैन घरमा पुङ्माङ् छ
सातुलाई राख्यो नाङ्लामा
धेर सेखी नखोज् ए कुइरा
छ जङ्गे कुकुर साङ्लामा