E Dhaka Topi ma Hera - Badri Durga Kharel
ए ढाका टोपीमा हेर - बद्रि दुर्गा खरेल
Recorded live during 'Paleti with Badri Durga Kharel - July 2008'

शब्द: नोर्देन रुम्बा
Lyrics
Nepali
Transliterated

ए ढाका टोपीमा हेर या गलबन्दीमा हेर
मैले बोकेको छु मैले बाँधेको छु
निरमाया तिम्रै मायालाई
कम्मर पेटीमा हेर या कालकोटैमा हेर
मैले भिेरेको छु मैले खिलेको छु
निरमाया तिम्रै मायालाई

नदेख्नेलाई सुनाखरी कस्तो छ नि भन्नु
नसुन्नेलाई रानी चरी के हो के पो भन्नु
दिल बस्यो तिमीमा बैँस खस्यो तिमीमा
भन मेरी दिलबरी अब को हो भन्नु
ए कालो चश्मामा हेर बटम फूलैमा हेर
मैले चोरेको छु मैले कोरेको छु
निरमाया तिम्रै मायालाई

झरी होस् या घाम छेल्ने यही कालो छाता
खोलिदिन्छु उकालीमा सँगै मनको पाखा
आँखा लड्यो तिमीमा पाउ अड्यो तिमीमा
थाह छैन कल्ले जोड्यो तिम्रो मेरो नाता
ए रातो रुमालमा हेर या आँखा छोपीमा हेर
मैले खोपेको छु मैले छोपेको छु
निरमाया तिम्रै मायालाई