E Meri Chandramaa - Madan Krishna Shrestha
ए मेरी चन्द्रमा - मदन कृष्ण श्रेष्ठ
Recorded live during 'Paleti with Madan Krishna Shrestha - August 2008'

सङ्गीत: न्ह्यू वज्राचार्य
Lyrics
Nepali
Transliterated

ए मेरी चन्द्रमा तिमी नै भन
म दिन रोजुँ या रात

उज्यालो थालीमा दिएको छ दिनेले
घाम पानी ईन्द्रेणी अनुपम सौगात
तर लाग्छ जीवन एक्लो डुंगा बिना तिम्रो साथ
ए मेरी चन्द्रमा देऊ न सुझाब
म दिन रोजुँ या रात

रातले जीवनको सही बाटो चिन्छ
दिन्छ अँध्यारो साथमा तिम्रै प्रकाश
तिम्लाई रोजुँ भने संसारै अँध्यारो
दिलमा कस्तो आघात
ए मेरी चन्द्रमा यो कस्तो चुनौती
न दिन रोज्नु न रात
ए मेरी चन्द्रमा तिमी नै भन
म दिन रोजुँ या रात