ए फूल ए बसन्त यसरी न पिछा गर्नु
फुर्सत त दिनू पलभर रोएर सुखी बन्नु
पन्छिको मीठो गाना तर श्राप याहँ बन्छ
सन्ध्याको हावा शीतल मन पोल्ने व्याथा बन्छ
धर्तिको सुखी ए क्षण क्षणभर त दया गर्नु
फुर्सत त दिनू पलभर रोएर सुखी बन्नु
प्रकृतिको हरा जीवन जीवनको चिता बन्छ
मृत्युको प्रतिक्षामा दिन व्यस्त सदा हुन्छ
ए रात तिमी आज बिश्राम यहाँ गर्नु
फुर्सत त दिनू पलभर रोएर सुखी बन्नु