He Saila - Tara Thapa
हे साईला - तारा थापा
Recorded live during 'Paleti with Tara Thapa - July 2011'
Lyrics
Nepali
Transliterated

हे साईला सुन्दैमा लानु होला
हे साईला उकालीमा जादा जादा आयो हैे खुईया खुईया
हे साईला मालिन्गोको कोकरिमा नानी है हुईया हुईया
हे साईला उभो त लेकमा जादा जादा झ्याम्मै भैरमपाती
हे साईला देखेपछी मायाँ लाग्छ नदेखेकै जाती

हे साईला ठाडे टोर्के देउरालीमा ध्वजा है फेले फेले
हे साईला हाम्रो मैती अल्लारेलाई उडायो केल्ले केल्ले
हे साईला रमुवाको दोहोरे पुल जमिनै गाँसी गाँसी
हे साईला गाउला गीत लाउला प्रिती जाउँला है हाँसी हाँसी

हे साईला तोरीबारी फुर्फुरे माटो मकै बारी डल्ला
हे साईला को हो भनी सोधौला लै हो माथ्लो गाउँले गल्ला
हे साईला सानोमा ढुँगा अल्टाई पल्टाई ठुलोमा ढुँगा गल्लाई
हे साईला हाम्रो मैती गाउदै आयो फेर कुना दौरा हल्लाई