Ek Phool Jharera Ke Bho - Meena Niraula
एक फूल झरेर के भो - मीना निरौला
Recorded live during 'Paleti with Ram Man 'Trishit' - July 2009'
Singer: Meena Niraula
Composer: Shiva Shankar
Original Singer: Tara Devi

सङ्गीत: शिव शंकर
मूल गायन: तारा देवी
Lyrics
Nepali
Transliterated

एक फूल झरेर के भो जबसाथ बहार आउँछ
यौवन रहिरहे त धेरैको प्यार आउँछ

मदहोसको लागि केवल मदिराकै के जरुरत
यो रात जगमगाउन ताराकै के जरुरत
मैले उज्यालो चाहेँ चन्द्र हजार आउँछ
यौवन रहिरहे त धेरैको प्यार आउँछ

फुर्सत् भएन कहिले रुनलाई फूल झर्दा
आँसु बनेन पानी दुई आँखाबाट गिर्दा
जीवनमा प्रीतको हलचल सय बार बार आउँछ
यौवन रहिरहे त धेरैको प्यार आउँछ