Ek Raat Thiyo - Badri Durga Kharel
एक रात थियो - बद्रि दुर्गा खरेल
Recorded live during 'Paleti with Badri Durga Kharel - July 2008'
Composer: Jitendra Bardewa
Lyricist: Jitendra Bardewa
Original Singer: Jitendra Bardewa

सङ्गीत: जितेन्द्र बर्देवा
शब्द: जितेन्द्र बर्देवा
मूल गायन: जितेन्द्र बर्देवा
Lyrics
Nepali
Transliterated

एक रात थियो भर्खरकै थियो
ऊसँग मेरो प्रीत
म मुस्काउँदथें ऊ लजाउँदथी
त्यो रात नै उजेलो थियो
म छेउ सर्दथें ऊ पर सर्दथी
त्यो भेट नै मौन थियो

केही भन्न खोजी ऊ अघि सर्दथी
तर बोली नै अल्पिदिन्थ्यो
केही भन्छ भनी म अघि सर्दथे
तर बोली नै अल्झिदिन्थ्यो
केही भन्न नपाई रात ढल्दै जाँदा
मन नमान्दै बिछोडिन्थ्यो

ऊ मेरै थिई म उसकै थिएँ
त्यो संसार नै अर्को थियो
प्राण धड्कँदथ्यो मन चञ्चल थियो
हर सुस्केरा कम्पित थियो
म हेरिदिन्थें ऊ झुकिदिन्थी
यो आँखाले के भन्दिन्थ्यो