Gaine Dailai - Badri Durga Kharel
गाइने दाइलाई - बद्रि दुर्गा खरेल
Recorded live during 'Paleti with Badri Durga Kharel - July 2008'

शब्द: नोर्देन रुम्बा
Lyrics
Nepali
Transliterated

गाईने दाईलाई सुनकेशरीको केश सोध्नै भुलेँ
भोकै मर्ने लाहुरेको देश सोध्नै भुलेँ

बिहानभरि सपनीको कुराहरू भुलेँ
विर्सि जाने निष्ठुरिको सम्झना नै भुलेँ
धेरै भुलेँ जिन्दगीका धेरै कथा भुलेँ
निर्मायाका जम्मै जम्मै मायाहरू भुलेँ

उडिजाने बनचरिको बन सोध्नै भुलेँ
धन हुनेको कति रैछ मन सोध्नै भुलेँ
गोरेटोलाई हराएको बाटो सोध्नै भुलेँ
दापको तिम्रो खुकुरीलाई साईनो सोध्नै भुलेँ