Galti Hajar Hunchhan - Mani Kamal Chhetri
गल्ती हजार हुन्छन् - मणिकमल छेत्री
Recorded live during 'Paleti with Mani Kamal Chhetri - July 2006'
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan
Original Singer: Narayan Gopal

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
मूल गायन: नारायण गोपाल
नरायण गोपाल र गोपाल योञ्जनको जोडीले नेपाली आधुनुक संगीतमा एउटा अद्वितीय मानक स्थापना गरेकोमा धेरै संगीत पारखीहरू सहमत पाइन्छन् । तर गोपाल योञ्जनले नारायण गोपाललाई गाउन लगाएका कैयौं रचनाहरू उनी दार्जिलिङमा हुँदै सृजना भएका थिए ।
Lyrics
Nepali
Transliterated

गल्ती हजार हुन्छन्
यहाँ होश हराएको बेला
एक्लै तिमी न आउ
म मात्तिएको बेला, म मात्तिएको बेला

मेरा यी हातहरुले कहीं घात गर्न सक्छ
अनि प्यारो गर्दा गर्दै, पाप पनि गर्न सक्छ
रुपको के मुल्य हुन्छ, म पशु भएको बेला?
एक्लै तिमी न आउ
म मात्तिएको बेला, म मात्तिएको बेला

कहीं धर्म गर्ने निहुमा बलिदान हुन नपाओस्
सम्पूर्ण अंग बाधी अत्याचार हुन नपाओस्
मेरा कामनाहरुले मलाई हराई दिन्छ
तिमी भन्दा तिम्रो योवन कहीं मन पराईदिन्छ
रक्षक मलाई नसम्झ, राक्षश भएको बेला
एक्लै तिमी न आउ
म मात्तिएको बेला, म मात्तिएको बेला