Gauchha Geeta Nepali - Meena Niraula, Suraj Kumar Thapa
Recorded live during 'Paleti with Madhav Prasad Ghimire - February 2009'
Composer: Ustad Govinda Lal
Original Singer: Janardan Group

सङ्गीत: उस्ताद गोविन्दलाल
मूल गायन: जनार्दन समूह
Lyrics
Nepali
Transliterated
Translated

युगल: गाउँछ गीत नेपाली ज्योतीको पंख उचाली
जय जय जय नेपाल सुन्दर शान्त विशाल

केटा: गण्डकी कोशी कर्णाली मेची र महाकाली
केटी: लेक र बेँसी बिउँझाउँछन् लहर लाखौँ उचाली
युगल: हिमचुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली
केटी: सीताले सारा भिजाइन् दक्षिण लंका भारत
केटा: भृकुटी तारा उदाइन् उत्तर चीन तिब्बत
बुद्घले यहीँ पाएथे ज्ञानको पहिलो मुहान
शिवले यहीँ ल्याएथे सृष्टिको पहिलो बिहान

केटा: पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौँ
केटी: कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ ?
युगल: हामीले हिमाल उठायौँ एसियाको माझमा
संस्कृति बास बसेथ्यो आएर यहीँ साँझमा
केटी: यही नेपाली माटोमा दिलको पूmल रोपेर
केटा: यही पहाडी शिलामा प्रीतिको गीत कोपेर
बाँचौँला हामी नेपालमा चन्द्र र सूर्य ध्वजा लिई
नाचौँला हामी हिमालमा ज्योतिको पंख उचाली