Gaunthali Jhai - Aavaas
गौथली झैँ - आभास
Recorded live during 'Paleti with Aavaas: Paleti Series: Musical Journey of Aavaas - March 2019'
Lyrics
Nepali
Transliterated
Translated

गौंथली झैं यो गाउँमा
कसको मायाले—
भन ! तिमी आयौ
कुन घरको दलानमा गुँड लगाउँने
कसको खेतको पानी र माटो चलाउने
गौंथली झैं यो गाउँमा

तिमी गएदेखि नै– हिमाल रोइरह्यो
जून डुलेन, धान झुलेन
करेशाको लालुपाते फेरि फुलेन
दीयो बलेन, मादल बजेन
मान्छेदेखि मान्छे पुग्ने पुलै रहेन
यस्तो थाहा पायौ कि
कसको मायाले—
भन ! तिमी आयौ
गौंथली झैं यो गाउँमा

तिमी गएदेखि नै – गाउँलाई दशा लाग्यो
सह रहेन, शान्ति भएन
दाजु भाइ एक–अर्काको मनै मिलेन
दया रहेन, धर्म रहेन
आफन्तमा लड्दा लड्दै कोही रहेन
यस्तो थाहा पायौ कि
कसको मायाले—
भन ! तिमी आयौ
गौंथली झैं यो गाउँमा