गएन जवानी - Madan Krishna Shrestha
Lyrics
Nepali
Transliterated

गएन जवानी कहिले
न अहिले, न पहिले, न उहिले
मेरो यो चकचके मनलाई
मेरो यो छुकछुके मनलाई
सकिन बाध्न मैले
गएन जवानी कहिले

चाउरेको गालाले, छिप्पेको छालाले
ढाकिसकेकोछ जिउ मेरो
बैसालु चालाले
मण्डप र मालाले
उक्साइरहन-छ मनलाई मेरो
छोडिएन ऐना कहिले
न न ल ल ला.… ड ड डी ड डा... ड ड डी ड डा...

कलियुगे कृष्ण पनि म
हरिहरकै कारणले
गएन जवानी कहिले

प्रेम नगरमा, प्रेमकै रहरमा
नजर नचाउँदै बित्यो जुनी
मनको तृष्णा, हे प्रभु कृष्ण,
मनको तृष्णा, हे मदन-कृष्ण
मेटिएन कहिले किन हो कुन्नि
भएन पुरानो कहिले
भएन पुरानो मन कहिले
न अहिले, न पहिले, न उहिले
मेरो यो मखमली मनलाई
चुलबुले रेशमी दिललाइ
सकिन बुझ्न मैले
गएन जवानी कहिले
न अहिले, न पहिले, न उहिले