Lyrics
Nepali
Transliterated

गीत मेरो नेपाल हो भावना हो हिमाल
संगीत हुन् झर्ना खोला मुर्चुङ्गा र मादल

गुराँसका बुट्टाभरि फूल्छ मेरो खुशी
किरणमा सङ्लिएर खुल्छ मेरो रुची
लहरामा पिङ खेल्छु चह चह गर्दै
नाच्दै हिंड्छु लैबरीको मिठो भाका भर्दै

मैले सिकेँ हाँस्न खेल्न बनकी चरीसंग
रोदी पस्ने बैँसालुको मन हो मेरो रंग
म त हुन्छु असारमा हिलो खेल्न गाको
रमाउदै पसिनाले मुख धोइ रा' को