Godhulimaa Hidne - Aavaas
गोधुलिमा हिँड्ने - आभास
Recorded live during 'Paleti with Aavaas: Paleti Series: Musical Journey of Aavaas - March 2019'

गायक: आभास
सङ्गीत: आभास
शब्द: आभास
Lyrics
Nepali
Transliterated
Translated

गोधूलिमा हिँड्ने एउटा जीउँदो मान्छे
संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ

मझेरीको अँध्यारोलाई खाल्टो खनी पुर्छु भन्थ्यो
उनी आउने पूर्णिमालाई जुनीभरि कुर्छु भन्थ्यो
अँध्यारोको अङ्गालोमा आफैं बेरिएछ
संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ

मौसम साह्रै उजाडियो पालुवा झैं झुल्छु भन्थ्यो
मेरो जन्म मेरो होइन अरु निम्ति फुल्छु भन्थ्यो
पुरानो त्यो हिसाब–किताब सबै केरिएछ
संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ