Gothalo Janda - Kunti Moktan
गोठालो जाँदा - कुन्ती मोक्तान
Recorded live during 'Paleti with Kunti Moktan and Shila Bahadur Moktan - December 2012'

शब्द: क्षेत्र प्रताप अधिकारी
Lyrics
Nepali
Transliterated
Translated

गोठालो जाँदा लाएको माया खेतालो जाँदा फुलेछ
पोखरा जाँदा गाएको माया काठमाण्डौं जाँदा भुलेछ
निष्ठुरी मायालु

बाटो त टाढा थिएन तर मन धेरै टाढा भएछ
रोदीको रानो छोडेर मौरी नौडाँडा काटी गएछ
निष्ठुरी मायालु

पुरानो माया फाटेर हो कि बिरानो नयाँ रोजेको
माया त बुढो हुँदैन हजुर बिर्सन हो कि खोजेको
निष्ठुरी मायालु