Gunaratna Mala - Bhushita Vasistha
गुणरत्न माला - भूषिता वशिष्ठ
Recorded live during 'Paleti with Bhushita Vasistha: Chhanda Retrospective - April 2019'

शब्द: पण्डित जगन्नाथ उपाध्याय
Shardulvikridit Chhanda Written by Pandit Jagannath Upadhyaya Recited by Bhushita Vasistha Music Directed by Aavaas
Lyrics
Nepali
Transliterated

राम्रो पार्छ न हारले मुकूटले न स्नानले फूलले ,
न श्रीखण्ड सुगन्ध मालिश टिका साबुन काकूलले।
साह्रै सुन्दर बन्नु पर्दछ भने बोली सिकौं संस्कृत ,
विद्याले बढिजान्छ रूप सहजै मिल्ला ठुलो इज्जत ।।

विद्या सुन्न भनेर कान बनिए के गर्नु ती कुण्डल ?
दानै गर्न भनेर हात बनिए, बाला भिरी के फल !
जिब्रो पढ़न र मंत्र जप्न बनियो, न स्वादका खातिर ,
यो चोला उपकार गर्न बनियो, श्रृङ्गारमा के छ र ?