Haaso Bhanda - Suraj Kumar Thapa
हाँसोभन्दा - सुरज कुमार थापा
Recorded live during 'Paleti with Ram Man 'Trishit' - July 2009'
Composer: Shiva Shankar
Original Singer: Phatteman

सङ्गीत: शिव शंकर
मूल गायन: फत्तेमान
पलेँटीमा गीतकार राममान तृषित सहभागी हुने पक्का भएपछि गायक फत्तेमान निकै खुशी हुनुभयो । उहाँले आफ्नो स्मृतिबाट हामीलाई यो गीत सम्झाउनु भयो, जुन गीत तृषितको सामु सुरजको स्वरमा प्रस्तुत भयो ....
Lyrics
Nepali
Transliterated

हाँसोभन्दा कता कता आँसु मलाई मीठो लाग्छ
यदि तिमीले मेरो सारा विसशतालाई बुझिदिए
मेरो कुरा मेरो गीत मेरो वाचा झुटो लाग्छ
यदि तिमीले मेरो मनको निरवतालाई बुझि दिए
हाँसोभन्दा कता कता आँसु मलाई मीठो लाग्छ

म त यस्तो उज्यालोमा आँखा चिम्लि बाँचेको छु
सायद आँखा खोलिदिऊ चारैतिर रात हुन्छ
कस्तो खुसी कस्तो माया कस्तो नसा पाइएछ
सायद कतै बोलिदिऊ जिन्दगी नै उदास लाग्छ

म त यस्तो रुख मुनी थकाइ मेट्न आइपुगेँ
जस्को छाया कहिले काँही घामभन्दा पोल्ने हुन्छ
म त यस्तो सागरको पानी पिउन आइपुगेँ
जस्को तृप्ति तिर्खाभन्दा जलन दिई पोल्ने हुन्छ