Hajur Hajur - Aavaas
हजूर हजूर - आभास
Recorded live during 'Paleti with Aavaas: Paleti Series: Musical Journey of Aavaas - March 2019'
Lyrics
Nepali
Transliterated

हजूर हजूर ए हजूर
यो फूल त ईश्वरको
म पो हजूरको
हजूर हजूर ए हजूर
यो जून त आकाशको
म पो हजूरको

यो कुलकुल खोलाको
यो सिरसिर बतासको
यो झरझर झरनाको
म पो हजूरको

यो नीलो पहाडको
यो रातो क्षितिजको
उज्यालो सपनाको
म पो हजूरको