Hamilai Ghaam - Ashok Rai
हामीलाई घाम - अशोक राई
Recorded live during 'Paleti with Ashok Rai - August 2007'
Singer: Ashok Rai
Composer: Ashok Rai
Lyricist: Bikash Gotame

गायक: अशोक राई
सङ्गीत: अशोक राई
शब्द: विकाश गोतामे
Lyrics
Nepali
Transliterated

हामीलाई धाम मनपर्छ जून पनि मनपर्छ
गरीबले सुख पाको साह्रै साह्रै मनपर्छ

कसले चाहेको छ र आज भोकै बसुँ भनी
कसको मनमा होला आज नांगै बसुँ भनी
हामीलाई मिठो मनपर्छ राम्रो पनि मनपर्छ
गरीबले सुख पाको साह्रै साह्रै मनपर्छ

रित्तो पेट भए सबलाई भोक पनि लाग्छ
नाङ्गो शरीर भए सबलाई लाज पनि लाग्छ
हामीलाई खान मनपर्छ लाउन पनि मनपर्छ
गरीबले सुख पाको साह्रै साह्रै मनपर्छ

हामीलाई आकाशमा उडुँ उडुँ लाग्छ
हामीलाई संसारभरी डुलुँ डुलुँ लाग्छ
हामीलाई संसार मनपर्छ मान्छे पनि मनपर्छ
गरीबले सुख पाको साह्रै साह्रै मनपर्छ ...