Hamile Lekhera Aayeka Chhau - Meena Niraula, Yogendra Upadhyay
हामीले लेखेर आएका छौं - मीना निरौला, योगेन्द्र उपाध्याय
Recorded live during 'Paleti with Tirtha Shrestha: Paleti with Songs and Poems of Tirtha Shrestha - September 2019'
Singer: Meena Niraula, Yogendra Upadhyay
Composer: Aavaas
Lyricist: Tirtha Shrestha
Original Singer: Aavaas

गायक: मीना निरौला, योगेन्द्र उपाध्याय
सङ्गीत: आभास
शब्द: तीर्थ श्रेष्ठ
मूल गायन: आभास
Lyrics
Nepali
Transliterated

हामीले लेखेर आएका छौं
हिउँमा आ-आफ्ना नामहररू

एकछिनपछि हिउँ थपियो भने
रहने छैनन् हाम्रा नामहरू
एकछिनपछि घाम लाग्यो भने पनि
रहने छैनन् हाम्रा नामहरू
हामी रहँदा रहँदै नरहने हाम्रा नामहरू
हामी नरहँदा कसरी रहलान हाम्रा नामहरू ?

हामीले लेखेर आएका छौं
हिउँमा आ-आफ्ना नामहरू ।