Hanga Hanga Banbhari - Meena Niraula
हाँगा हाँगा वनभरि - मीना निरौला
Singer: Meena Niraula
Lyricist: Hari Bhakta Katuwal
Original Singer: Aruna Lama

शब्द: हरिभक्त कटुवाल
मूल गायन: अरूणा लामा
Lyrics
Nepali
Transliterated

हाँगा-हाँगा बनभरि चैत फूलेछ
थाहा नपाई मनभरी बैश फूलेछ
हाँगा-हाँगा बनभरि चैत फूलेछ
थाहा नपाई मनभरी बैश फूलेछ

कता-कता कसैलाई भेटे-भेटे झैँ
संग्लो पानी पिई तिर्खा मेटे-मेटे झैँ
कता-कता कसैलाई भेटे-भेटे झैँ
संग्लो पानी पिई तिर्खा मेटे-मेटे झैँ
कोहो-कोहो दुइ आँखामा आइ डूलेछ
थाहा नपाई मनभित्र प्रित फूलेछ

एकजोडी आँखा संधै हाँसु-हाँसु झैँ
एउटा माला फूल टिपी गाँसु-गाँसु झैँ
एकजोडी आँखा संधै हाँसु-हाँसु झैँ
एउटा माला फूल टिपी गाँसु-गाँसु झैँ
कसो-कसो बिहानीको निंद खुलेछ
थाहा नपाई मनभित्र प्रित फूलेछ

हाँगा-हाँगा बनभरि, चैत फूलेछ
थाहा नपाई हम् हम् बैँश फूलेछ