हाँगा हाँगा वनभरि चैत फुलेछ
थाहा नपाई मनभित्र बैंस फुलेछ
कता कता कसैलाई भेटे भेटे झैँ
सङ्लो पानी पिई तिर्खा मेटे मेटे झैँ
को हो को हो दुई आँखामा आई डुलेछ
थाहा नपाई मनभित्र प्रीत फुलेछ
एक जोडी आँखा सधैँ हाँसू हाँसू झैँ
एउटा माला फूल टिपी गाँसू गाँसू झैँ
कसो कसो बिहानीको नीद खुलेछ
थाहा नपाई मनभित्र प्रीत फुलेछ