He Bhagawan Mero Khaltiko Ghaau - Madan Krishna Shrestha
हे भगवान मेरो खल्तीको घाउ - मदन कृष्ण श्रेष्ठ
Recorded live during 'Paleti with Madan Krishna Shrestha - August 2008'

सङ्गीत: शम्भुजित बास्कोटा
Lyrics
Nepali
Transliterated

नगदेश्वरी ! २
माता दया गर

हे भगवान मेरो खल्तीको घाउ
अब धेरै नचर्काऊ
धनको मलम दलेर २
चाडै निको तुल्याऊ
तुल्याऊ तुल्याऊ
हे भगवान् मेरो खल्तीको घाउ
अब धेरै नचर्काऊ

धनको कमीमा मान्छे भएका छन् बिल्लीबाठ
भएका छन् बिल्लीबाठ
धनले नै दिन्छ आखिर सबलाई गासबास
जसलाई धनले पछ्याउछ रुपवान ऊ जनिन्छ २
धन भएमा मूर्खै पनि विद्वानमा गनिन्छ
लौन भन्या प्रभु हेत्तेरी
हे भगवान् म बालकलाई
घोटी चौथी नखुवाऊ
बरु असर्फी घोटी घोटी २
कोखाइ कोखाइ गरि खुवाऊ
खुवाऊ खुवाऊ
हे भगवान् मेरो खल्तीको घाउ
अब धेरै नचर्काऊ

जति गने नि गनु गनु लाग्ने
मेरो हातको इच्छा अपार
प्रभु हातको इच्छा अपार
धन कहा लुकेको होला
त्यो आम्दानीको द्वार
मनी मनी भनेर मनी प्लान्ट रोपे मैले २
तर मेरो मनीप्लान्टमा पैसा फल्ने कैले
कैले कैले कैले
हे भगवान् मेरो पैसाको बोटमा
पैसै पैसा फलाऊ
म गंगा बहादुरलाई २
अर्बपति बनाऊ
बनाऊ बनाऊ

हे भगवान् प्रभु मलाई अर्बपति बनाऊ
खर्बपति बनाऊ
प्रभु मलाइ टेन्डर नै टेन्डर दिलाऊ
प्रभु मेरो कोई छैन भगवान्
....