Himalako Kakhama - Meena Niraula
हिमालको काखमा - मीना निरौला
Singer: Meena Niraula
Composer: Shiva Shankar
Lyricist: Kiran Kharel
Original Singer: Tara Devi

सङ्गीत: शिव शंकर
मूल गायन: तारा देवी
Lyrics
Nepali
Transliterated
Translated

हिमालको काखमा छ सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ

कालो कालो बादलमा केश फिजाउँछु
कल कल बग्ने म यो देश भिजाउँछु
प्रभातमा टल्किएको मोतीजस्तो शीत
यो माटोमा रोपेकी हुँ मैले चोखो प्रित
पार्वती हो नाउँ

रात पनि निदाउँछ मेरो नयनमा
नयाँ दिन उदाउँछ मेरो बदनमा
बतासमा हराउँदै गए पनि पर
स्वर्गजस्तो नेपाल हो मेरो माइतिघर
पार्वती हो नाउँ

यो देशमा ल्याउँछु म नयाँ नयाँ रंग
सर्माउँदै गाउँछु म कोयलीको सँग
मेरो हाँसो संगालेर फूल मग्मगाउँछ
मेरो रुप सिंगारेर जून जग्मगाउँछ
पार्वती हो नाउँ