Hridayabhariko Mero - Suraj Kumar Thapa
हृदयभरिको मेरो - सुरज कुमार थापा
Composer: Nati Kaji
Lyricist: Kiran Kharel
Original Singer: Bachchu Kailash

सङ्गीत: नातीकाजी
मूल गायन: बच्चुकैलाश
Composer: Nati Kaji and Shiva Shankar
Lyrics
Nepali
Transliterated

हृदयभरिको मेरो शुभकामना तिमीलाई
मेरो उमेर लिएर तिमी धेरै वर्ष बाँच
म तिम्रो आँशु लिन्छु तिमी सुखसँग हाँस

हिजोको दिन बितिसक्यो हिजो त एक कहानी हो
अझै हामी बाँच्नुपर्छ यो आउने बिहानी हो
अँध्यारोमै रम्दछु म तिम्रो छेउ बत्ती बलोस्
भोली फेरि लाग्ने घामले तिम्रो आँगन झलमल होस्

जीवन हो यो जीवनमा धेरै थोक खप्नुपर्छ
छातिभित्र आँधी रोकी चुप लागी बाँच्नुपर्छ
पीर जति छ म लिन्छु तिमीलाई खुशी जाऊन्
तिमी हिँड्ने बाटोभरि वसन्ती फूल छाऊन् ।