Recorded live during 'Paleti with Bhushita Vasistha: Chhanda Retrospective - April 2019'

शब्द: बाल कृष्ण सम
भूषिताको छन्द वाचनले पुरानो पुस्ता, छन्द काव्यतर्फ मोहित भयो नै साथसाथै नयाँ जमात पनि यस विधातिर आकर्षित भयो । Shardulvikridit Chhanda Written by Bal Krishna Sama Recited by Bhushita Vasistha Music Directed by Aavaas
Lyrics
Nepali
Transliterated

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल
जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।

“यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ
झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐर्श्वर्यको
यो सन्देश म ब्रहृमनाल तकिया पारी पठाउँ वहाँ
साक्षी शङ्कर छन् शम्सानपछिका आशा रहेका जहाँ ।

बज्ला मन्दिरमा तथास्तु जब त्यो घण्टा दिदै उत्तर
हाँस्दै शान्त भई उही समयमा नेपाल हेरी मरुँ ।
मैरो लाश पवित्र चन्दन घसोस्, कात्रो मलाई बनोस्
नेपाली सुकुमार हातहरुले खस्रा बनेका लुगा ।

नेपाली वनका कपूर तुलसी श्रीखण्डका साथमा
प्यारो सुन्दर आर्यघाट तटको साजा चितामा जलूँ,
पाउँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँ
नेपालीहरु छन् मरीकन सबै जन्मिरहेका जहाँ ।