जहाँ बस पौरखीलाई कपाल गुणा केश हुन्छ
जुनै माटो टेकेपनि उसलाई आफ्नो देश हुन्छ
उसको प्यारो देश हुन्छ
पसिनाको कुलो बिना सुनको बाला कहाँ हुन्छ
हातहरू नचलेमा फूलको माला कहाँ हुन्छ
बहुरंगी फूलहरू बहु जाति जस्तै
हाम्रो देशको बधैंचामा हामी सबै एकै
भोक र भकारीको कथा संसारभरी एउटै
शोषितहरूको विश्व व्यथा गरीबलाई एउटै
हुनेहरू नहुनेलाई जहीं पनि ठग्छन्
लुट्न पाएदेखि फेरि आफ्नै देश लुट्छन्